गण्डकीका विनाविभागीय मन्त्रीद्वय मनाङे र आचार्यले पाए जिम्मेवारी

कास्की । गण्डकी प्रदेश सरकारका विनाविभागीय मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र हरिशरण आचार्यले लामो समयपछि बल्ल जिम्मेवारी पाएका छन् ।

विनाविभागीय मन्त्री रहँदै आएका जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड हुन सकेको थिएन । दुई विनाविभागीय मन्त्रीहरुले शुरुमा अस्वीकार गरेकै मन्त्रालयको जिम्मेवारी एक महिनापछि सम्हालेका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटमाथिको छलफल कार्यक्रमअघि नै मन्त्रालयको विषयलाई टुङ्गो लगाएका छन् ।

यसअघि जसपाका आचार्यले अर्थ मन्त्रालय दाबी गर्दै आफ्ना दुवै सांसदलाई मन्त्री बनाउनु पर्ने माग गर्दै आएका थिए । विश्वासको मत लिने दिन ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित २ वटा मन्त्रालय दिने सहमति गरेपनि सहमति तोडेपछि किचलो शुरू भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *