एमाले स्थायी कमिटी बैठक असार २८ गतेसम्म स्थगित

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको बैठक असार २८ गतेसम्मको लागि स्थगित गरिएको छ ।

आइतबार बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको स्रोतले जनाएको छ ।

कार्यदलले एकताका तयार पारेको सहमतिको मस्यौयामा हस्ताक्षर हुन नसकेपछि बैठक स्थगित गरिएको हो ।

सहमतिमा हस्ताक्षर भएसँगै बैठक बस्ने तय भएको थियो । कार्यदलको बैठकलाई पर्खिँदै ११ बजे बोलाइएको स्थायी कमिटी बैठक ४ बजेलाई सारिएको थियो ।

अब सर्वोच्च अदालतको फैसला लगत्तै स्थायी कमिटी बैठक बस्ने र त्यसको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बसेर पार्टी अघि बढ्ने बताइएको छ ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर नेपाल पक्षबाट फिर्ता नभएपछि अब पार्टी नयाँ ढंगले बढ्नुपर्ने बहस सुरु भएको छ ।

याे पनि समाचार

काठमाडौँ । राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका छन् ।

आइतबार राष्ट्रिय युवा संघका आयोजनामा युवाहरुले ओलीको समर्थनमा सडकमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै प्रदर्शन गरिएको हो ।

विपक्षी गठबन्धनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

माइतीघरदेखि सुरु भएको प्रदर्शनमा ‘आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’, ‘कानुनी शासन कायम गराैँ, ‘बौद्धिक अराजकताको अन्त्य गरौँ’ जस्ता नारा लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published.