काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले संक्षिप्त प्रतिक्रिया दिँदै भने- सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको छ । सबैलाई नैतिक मूल्य मान्यतामा रहन निर्देशन पनि दिएको छ । यो स्वागतयोग्य छ ।
यसैबीच माधव नेपालनिकट एमाले पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले सर्वोच्चको फैसलाले ओली युग समाप्त भएको भन्दै आफूहरूको जित भएको टिप्पणी गरेकाम छन् ।
खतिवडाले भने, ‘हामी ठीक ठाउँमा थियौं र जित्यौं । हामी सबैलाई हार्दिक बधाई छ । अब ओली युगको समाप्त भयो । अब अन्तिम धक्का दिन के-के उत्पात गर्न मन छ त्यो पनि नगर्नु होला ।’
याे पनि पढ्नुस्
सर्वोच्चको फैसलाबारे कांग्रेस प्रवक्ताको टिप्पणी : लिक बाहिर धकेलिएको संविधानलाई फर्काउने कदम
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतको फैसलालाई विवेकपूर्ण फैसला भनेका छन्।
सर्वोच्चले सोमबार प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला गरे लगत्तै प्रवक्ता शर्माले यो फैसलाले संविधानलाई ट्र्याकमा फर्काउने काम गरेको बताएका छन्।
“राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपूर्ण फैसला! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “केवल सरकार निर्माण होइन, इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको काँधमा।”