सर्वोच्च अदालतको आदेशपछि कमल थापाले भने : गोरु ब्यायो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कडा टिप्पणी गरेका छन्।

आज सर्वोच्च अदालतको संवैंधानिक इजलासले कुनै फरक मतविना प्रतिनिधिसभा पुनर्स्थपना तथा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो।

प्रधानमन्त्री ओलीका कदमलाई समर्थन गर्दै आएका राप्रपाका अध्यक्ष थापाले पार्टीका पूर्व नेता राजेश्वर देवकोटाको भनाइ उदृत गर्दै अदालतमा गोरु ब्याएको टिप्पणी गरेका हुन्।

‘बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं- “सर्वोच्च अदालतमा आज गोरू व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा,’ उनले ट्विट गरेका छन्।’

एमाले नेता विष्णु रिजाल ट्वीटरमा लेख्छन्, ‘सरकार आउने-जाने नियमित कुरा हो । हामी एमालेका लागि मुख्य कुरा हाम्रो पार्टी एकता हो । हिजो भएको सहमति अनुसार पार्टीलाई बचाउन सक्दा सदनमा देउवाको बहुमत पुग्दैन । एमाले नै निर्णायक रहन्छ । सदनमा पनि एमाले एक नम्बर, चुनावमा पनि एमाले एक नम्बर ! किनकि, चुनावको विकल्प छैन ।’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माकाे प्रतिक्रिया यस्ताे छ, ‘ रास्ट्रपति र प्रधानमन्त्रीको आवेगपुर्ण कदम सच्याउंदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला ! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम l

केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा

यसैबीच माधव नेपालनिकट एमाले पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले सर्वोच्चको फैसलाले ओली युग समाप्त भएको भन्दै आफूहरूको जित भएको टिप्पणी गरेकाम छन् ।

खतिवडाले भने, ‘हामी ठीक ठाउँमा थियौं र जित्यौं । हामी सबैलाई हार्दिक बधाई छ । अब ओली युगको समाप्त भयो । अब अन्तिम धक्का दिन के-के उत्पात गर्न मन छ त्यो पनि नगर्नु होला ।’

 

Leave a Reply

Your email address will not be published.