काठमाडाैं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला विरुद्ध प्रदर्शनमा उत्रिन युवाहरुलाई आह्वान गरेका छन् । सोमबार सर्वोच्च अदालतलृ सुनाएको फैसलाप्रति असन्तुष्टि जनाउँदै नेता बस्नेतले बिरोधमा उत्रिन भनेका हुन् ।
सर्बोच्च अदालतको असंबैधानिक फैसला भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाका बिरुद्ध बिरोध जनाऔँ ।’
सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्थाको पुनः विजारोपण भएको समेत बताएका छन् । नेतालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिनको रुपमा उनले टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन । निर्दलीय शासन ब्यब्स्थाको पुन बिजारोपन भएको दिन । ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्यान्वयन गर्न असम्भव छ । ’
युवा संघले यसको विरुद्ध तुरुन्तै माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्दैछ । जो जहाँ छौ सहभागी बनौ । देश भर बिरोध प्रदशन गरौं ।