चोलेन्द्र शमशेर ‘दोस्रो खिलराज रेग्मी’ बन्ने डिजाइनमा सर्वोच्चको फैसला : पूर्वमन्त्री बस्नेत

काठमाडाैं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा दोस्रो खिलराज रेग्मी बन्ने डिजाइनअनुरुप सर्वोच्च अदालतको फैसला आएको दाबी गरेका छन् ।

विद्यमान परिस्थितिमा अहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिए पनि कालान्तरमा निर्दलीय सरकारको नेतृत्व चोलेन्द्र शमशेर जवराले गर्ने बस्नेतको भनाइ छ । सर्वोच्चले देउवालाई प्रधानमन्त्री तोके पनि संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेकाले मुलुक अब अस्थिरता र निर्दलीय व्यवस्थातिर उन्मुख भएको उनको भनाइ छ ।

‘नेकपा एमाले अलमस्ट मिलिसकेको छ, यस्तो अवस्थामा शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाउन सक्ने अवस्था छैन,’ बस्नेतले भने, ‘त्यसपछि अस्थिर राजनीतिको फाइदा उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्र श्रीमान चुनावी सरकारको प्रमुख बन्ने खतरा छ ।’

संसद पुनर्स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशको विरोध गर्दै सत्तारुढ नेकपा एमालेनिकट युवा संघका कार्यकर्ताले प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराको पुत्ला जलाएका छन्।

अदालतको फैसलाको विरोध गर्दै युवा संघका कार्यकर्ताले राजधानीमा प्रदर्शनसहित पुतला दहन गरेका हुन्।

माइतीघर मण्डलाबाट सुरु भएको विरोध ¥याली नयाँ बानेश्वरतर्फ बढ्नेक्रममा युवा संघका कार्यकर्ताले बबरमहलस्थित काठमाडौं जिल्ला अदालतबाहिर पुगेपछि प्रधानन्यायाधिश राणाको पुत्ला जलाएका थिए। प्रहरीले तत्कालै आगो निभाएको थियो।

अदालतको फैसला विरुद्ध देशब्यापीरुपमा आन्दोलन गर्ने निर्णय युवा संघले सार्वजनिक गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.