नेपाल पक्ष गठबन्धनबाट अलग, सरकारमा नजाने, पार्टीलाई एक बनाउने

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सबैलाई समेटेर सरकार गठन गर्न सझाव दिएका छन् ।

नेता नेपालले लोकतन्त्र र संविधान रक्षाका लागि आफ्नो साथ रहेको भन्दै देउवालाई शुभकामना पनि दिएका छन् ।

सोमबार नेपाल निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले तत्काल आफूहरू अब सरकारमा सहभागी नबन्ने बताउँदै सभापति देउवालाई फराकिलो मन बनाएर अघि बढ्न सुझाव दिएका छन् ।

सर्वोच्चको फैसलापछि गठबन्धनका दलहरु कोटेश्वरस्थित नेपाल निवासमा छलफल भएको थियो ।

‘हिजोको परिस्थितिसम्म लोकतन्त्र, व्यवस्था र संविधान जोगाउन तपाईंहरुको साथमा थिएँ । यसका लागि भोलि पनि मसँगै रहन्छु,’ नेपालको भनाइ उद्धृत गर्दै एमाले नेता रघुजी पन्तले भने, ‘मेरो पार्टीमा एकताको प्रक्रिया अघि बढिरहेको छ । अब सरकारमा सहभागी हुने कुरा र देउवाजीलाई विश्वासको मत दिने कुरा पार्टीले गर्ने संस्थागत निर्णयका आधारमा अघि बढ्ने छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *