एनआरएनमा अबको अब्बल नेतृत्व : महासचिव पदमा खरेलको उम्मेदवारी

काैरव खत्री
गुल्मी । ग्रैह्र आवासीय नेपाली सघं (एनआरएन) जापानको अधिवेशन नजिकिँदै गर्दा माहोल बढ्दै जान थालेको छ । विभिन्न पदका आकाक्षींहरुले महाधिवेशनका लागि आफ्नो उम्मेदवारी दिने क्रममा पनि बढेको छ । नेतृत्वका लागि उम्मेदवारीसगैं विभिन्न चुनावी प्रतिबद्धताहरु पनि आएका छन् ।

यसैबीच लामो समयदेखि जापानमा रहनुभएका टिकाराम खरेलले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । खरेल हाल एनआरएनएको सचिव पदमा कार्यरत हुनुहुन्छ । खरेलले ईमान्दारिता, आर्थिक पारदर्शिता र लगनशिलता, सक्षम, सबल र साझा एनआरएनए मेरो प्रतिबद्दता” भन्ने प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।

खरेलले ग्रैह्र आवासीय नेपालीहरुका विभिन्न समस्या समाधान,विभिन्न जनचेतना मुलक कार्यक्रम, जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको उच्च शिक्षा तथा रोजगारी लक्षित कार्यक्रम, छात्रवृत्तिका कार्यक्रम, भाषा कक्षा तथा विभिन्न सीपमुलक तालिमहरुको व्यवस्थापन लगायत अन्य थुप्रै महत्वकाक्षीं कार्यक्रम आफ्नो चुनावी प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।

२००८ सालदेखि संस्थाको साधारण सदस्य रहँदै आउनु भएका खरेल २०१३ सालबाट नेतृत्व तहमा रहँदै आउनुभएको छ । यस अगाडी आफुले लामो समयदेखि सानो तहदेखि कार्य गर्दै आईरहेको र आफ्नो अनुभव, कार्यसम्पादनले आफु महासचिव पदका लागि सक्षम रहेको भन्दै सबैलाई भोटका लागि अपिल गर्नुभएको छ ।

गुल्मी जिल्लाको साविक अर्लाङ्कोट गाउँ विकास समितिमा जन्मनुभएका खरेलले नेपालमै रहँदा पनि शिक्षण पेशा र सामाजिक कार्यमा सलंग्न हुनुहुन्थ्यो । हाल लामोसमय देखि जापानमा व्यवसाय गर्दै आउनुभएका खरेल झण्डै विभिन्न आधा दर्जन सामाजिक सघंसंस्थामा कार्यरत हुनुहुन्छ ।

यस्ता छन् खरेलको चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरु :

१-जापानमा रहेका गैरआवासीय नेपालीहरुको समस्या,समाधान र भैपरी आउने आपतकालिन अवस्थाको लागि सहयोग गर्न एक आपतकालीन राहातकोषको निमाणर् गरि त्यसलाई चौविसै घण्टा सक्रिय र निरन्तरताको लागि पहल गर्ने छु ।

२-जापानमा हुने कानुन,नीति नियम लाई ख्याल गर्दै जन-चेतना मुलक कार्यक्रमहरु संञ्चालन गर्ने छु ।

३-नेपाली-नेपाली बीचको एकता र सद्भावनालाई अझै बढि प्रगाढ बनाउन पहल गर्दै जापानमा रहेका संघ-संस्थासंग सुमधुर सम्वन्ध कायम राख्न सकृय रहने छु ।

४-अध्यनको क्रममा जापानमा रहेका नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्यन तथा रोजगारीको लागि सेमिनार लगायतका अन्य कार्यक्रमहरु गर्ने छु।

५-बिधार्थी केन्द्रित क्षमता अभिबृदीका कार्यक्रमहरु संञ्चालन गर्ने जस्तै वक्तित्वकला,चित्रकला,हाजिरीजबाफ आदी-आदी।

६-बिधार्थीहरुले अहिले प्राप्त गकिरहेको छात्रवृति लगायतका अन्य सुबिधाहरुलाइ अझै थप र ब्यबस्थित गर्नमा पहल गर्ने।

७- जापानमा कार्यरत कुक तथा डिपेन्डेन्ट दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित भाषा कक्षा संञ्चालन तथा बिभीन्न तालिम र सेमिनारको ब्यबस्था गरिने छ।

८-बालवालिका हरुको लागि केन्द्रित गरि नया कार्यक्रमहरु तर्जुमा गरिने छ।

९- एनआरएन जापानले गर्दै आईरहेको नेपाल फेष्टिबल लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिइने छ।

१०-आर्थिक पार्दशिता र यसको परिचालनको लागि छुट्टै आर्थिक परिचालन समिती बनाईने छ र जसको प्रतेक महिनाअडिटिङ् गर्नुका साथै गसम्पुणर् बिबरण जापान बासी नेपाली समुदायमा सार्बजनिक गरिने छ।

११-समय सापेक्ष विधानमा परिमार्जन गरिने छ।

१२-अन्य भैपरि आउने र संस्थामा गर्नु पर्ने कार्यहरु तदारुकताका साथ गर्ने छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *