देउवाले आज शपथ लिने, सानो आकारको मन्त्रिमण्डल बनाउने

काठमाडौं। सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छिन् ।

देउवाले आजै शपथ ग्रहण गर्ने पनि तयारी भएको छ । सर्वोच्च अदालतले २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार आज बेलुका ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी भएको छ ।

देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहबाट सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *