शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ

काठमाडाैं । नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् ।

देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।

सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सोही अनुसार भण्डारीले देउवालाई नियुक्त गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *