ओली सरकारबाट बाहिरिएसँगै युवा संघले ब्युँतायाे युथ फोर्स

काठमाडौँ । नेकपा एमालेको भातृ संगठन युवा संघले यसअघि विघटन गरिएको युथ फोर्स नामक संगठन पुनः ब्यूँताएको छ।

काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा संघका अध्यक्ष किरण पौडेलले युथ फोर्स ब्युँतिएको घोषणा गरेका थिए । यता महेश बस्नेतले युथ फोर्स गठन कार्यक्रममा सम्बोधन गर्दै डलरको भरमा अदालतले फैसला गरेको आरोप लगाए ।

उनले किसानले सिरानीमुनि राखेको खुकरीजस्तै युथ फोर्स रहेको बताउँदै आवश्यक पर्दा निकालेर प्रयोग गरिने बताएका थिए। उनले ७ महिनामा पुनः एमाले सिंहदरबारमा प्रवेश गर्ने बताए ।

केपी ओली सरकारबाट बाहिरिएकै दिन नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ ।
सोमबार काठमाडौमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो ।

यस अघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भएपनि पुनः गठन गरिएको छ । ५०१ युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी पुष्प श्रेष्ठले पाएका छन् ।

नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्युँताएको नेकपा एमालेका नेता तथा युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतले बताए ।

उनले भने, ‘युथ फोर्स फेरि जन्मिएको छ । युथ फोर्स सिरानमुनी राखिएको खुकुरी जस्तै हो किसानको घरको । र अप्ठ्यारो पर्यो भने संकट पर्यो भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौ । युथ फोर्स अहिले जन्मिएको छ ।

यसले नेकपा एमालेको सिद्धान्त विचारको रक्षा गर्ने छ । जनताको बहुदलिय जनवादको प्रयोग गर्ने सन्र्दभमा , यसलाई रक्षा गर्ने सन्र्दभमा र यसलाई विस्तार गर्ने सन्र्दभमा यसले महत्वपुर्ण भूमिका खेल्ने छ । यसले आवाज विहिनहरुको आवाज उठाउन भूमिका खेल्ने छ ।’

उनले युथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिए । साइबर सेनासंग सहकार्य गरि एमाले विरुद्ध भ्रम छर्नेहरु विरुद्ध सही संन्देश दिने काममा भूमिका निर्वाह गर्न उनले आग्रह गरे । नेता बस्नेतले केपी शर्मा ओली बुधबार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *