कास्की । गण्डकी प्रदेश सभाका सदस्य राजिव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन्। बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले उनलाई मन्त्री नियुक्त गरेका हुन्।
उनी युवा तथा खेलकूद मन्त्री बनेका छन्। उनको आजै शपथ ग्रहणको कार्यक्रम रहेको जनाएको छ।
मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले केहीबेरमै शपथ ग्रहणको कार्यक्रम रहेको बताए।
उनी मनाङबाट गण्डकी प्रदेश सभामा निर्वाचत भएका थिए। उनी स्वतन्त्र सांसद हुन्।
संसदमा अविश्वास प्रस्ताव आएको बेला मन्त्री गुरुङले सरकार विस्तार गरेका हुन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव ल्याएका हुन्।