काठमाडौंमा साउन ४ गतेबाट जोनसन एण्ड जोनसनको खोप लगाइने, (खोप केन्द्रसहित)

काठमाडौं । काठमाडौंमा साउन ४ देखि ६ गतेसम्म कोभ्याक्समार्फत अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोनसनको ‘जान्सिन’ खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाले संयोजन गरी खोप लगाउने भएको हो ।

महानगरपालिकाभित्र २५ वटा खोप केन्द्र तोकिएको छ । खोप सञ्चालन केन्द्रमा नेपाल प्रहरी र शशस्त्र प्रहरीले सुरक्षा व्यवस्थाको संयोजन गर्ने तथा खोप केन्द्रको जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.