प्रधानमन्त्री देउवालाई पहिलो वधाई अमेरिकाबाट

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलो वधाई दिने देश अमेरिका भएको छ । काठमाडौंस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले आफ्नो देशको तर्फबाट देउवालाई बधाई दिएका छन् । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन् ।

राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उनीसँग मिलेर काम गर्ने आशा गर्दछ भनेका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिएका हुन् ।

Leave a Reply

Your email address will not be published.