काठमाडौं । ‘बुध घर, साेम खेती’ भन्छन्, नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रै दिन पारेर सरकारी निवास बालुवाटार छाडेका छन्। घर सर्ने बेलामा पानी परेकाे पनि राम्रै मानिन्छ, तर दर्केर झरीपरेपछि ओलीको स्वागत र्यालीलाई बिथोलेको छ ।
ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट स्कर्टिङ गरेका छन् ।
एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।
२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।