राष्ट्रपतिले शेरवहादुरलाई किन गरिन सौतेनी ब्यवहार ? अनि देउवाकाे के पारा हाे याे ?

काठमाडाैं । नयाँ प्रधानमन्त्री नियुक्तिमा जात्रै भयाे, सपथ ग्रहण समाराेह र मन्त्रीपरिषद बैठककाे फाेटाेले त झन् दुनियाँ हसाउने काम गर्याे भने कार्यकर्ता पङ्तीलाई झन् उद्देलित बनाएकाे छ । राष्ट्रपतिकाे साैतेलाे व्यवहार, र देउवाकाे दुस्मनी हेराई …. ।

सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा मंगलवार नेपालको प्रधानमन्त्रीमा नियुक्त भए। राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिन् । तर, संविधानको प्रावधान नभई सर्वोच्चको परमादेश अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको विज्ञप्ति जारी भएपछि देउवाले सपथ ग्रहण नै नगर्ने अडान लिए।

धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेको विवरण सार्वजनिक नभएसम्म शपथ नलिने देउवाको अडानपछि शीतल निवासमा प्रधानन्यायाधीश समेतको उपस्थितिमा कानुनी परामर्श भयो । अन्ततः राष्ट्रपति भण्डारी धारा ७६ (५) बमोजिम शपथ ग्रहण गराउन तयार भएपछि देउवा शितल निवास पुगे ।

करिव सवा ८ बजे देउवा सपथ ग्रहण गरे। सपथ ग्रहण पछि राष्ट्रपति आफनै सुरमा कार्यक्रम हलवाट वाहिरिईन। उनले नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवालाई वधाई दिने सामान्य औपचारीक्ता समेत पुरा नगरेको विषयमा अहिले आलोचना भईरहेको छ ।

हुन त राष्ट्रपतिका हरेक कदम यतिवेला विवादित छन् । केपी ओलीसँग मिलेर प्रतिनिधि सभा विघटन गर्ने देखि विभिन्न अध्यादेश जारी गर्ने काममा पनि राष्ट्रपति चुकेको भनेर आलोचना भईरहेको छ। तर, उनले देउवासँग गरेको ब्यवहार संयोग मात्र नभएर नियोजित नै थियो भन्नेमा आशंका गरिरहुन पर्ने अवस्था छैन।

राष्ट्रपतिले जानी–जानी नै त्रुटिपुर्ण कदमहरु उठाईरहेको जानकारहरु वताउँछन् । सर्वोच्चको फैसालमा पनि राष्ट्रपतिले संविधान विपरित र आचारण विपरितका काम गर्ने गरेको पुष्टि भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सहभागी संवैधानिक इजलासले संविधानले राष्ट्रपतिलाई विशेष अधिकार नदिएको ठहर गर्दै राष्ट्रपतिको हैसियतमा गरेका कामकारबाहीमा अदालतमा प्रश्न उठाउन पाइने फैसला गरेको छ । सर्वोच्च अदालतले ‘राष्ट्रपतिमाथि प्रश्न उठाउन नपाए निरंकुशता जन्मिन्छ’ भन्दै भण्डारीलाई साईजमा राख्न खोजेको देखिन्छ। तर, राष्ट्रपति भण्डारीको आचारण भने सुधार हुन नसकेको सपथ ग्रहण प्रकरणवाट स्पष्ट भएको जानकारहरु वताउँछन् ।

उता, देउवाका हर्कत पनि कम्ति छैनन्, सपथका लागि राष्ट्रपति कार्यलाय पुग्दा राष्ट्रप्रति अपमानित व्यवहार गरे । सर्वाेच्चको परमादेशबाट प्रधानमन्त्री नियुक्त भई काम सम्हालेलगत्तै देउवाले आपत्तिजनक काम गरेकाे पाइएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रपति बिद्यादेवी भण्डारीको फोटो नै ब्लर गरेको तथ्य सरकारी सञ्चार माध्यम राससले बाहिर ल्याएको छ ।

राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकको कक्षमा राखिएको राष्ट्रपति भण्डारीको तस्विरमा यसरी ब्लर गरिएको हो । यो तस्विर राससले बाहिर ल्याएको छ । फोटोग्राफर रोशन सापकोटाले लिएको यी तस्वीरमा हेर्नाेस, राष्ट्रपतिबिरुद्ध देउवा सरकारले कतिसम्मको निकृष्ट हर्कत गरेको रहेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकको दृष्य यस्तो छ : प्रधानमन्त्रीमा मंगलबारै नियुक्त देउवासँगै गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा मन्त्रिपरिषद बैठक सम्पन्न भयो। प्रधानमन्त्रीको चेम्बरमै रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर ब्लर गरिएको छ।

हेर्नुहोस् तस्वीर। भण्डारीको तस्वीर छेउमा घडी छ। घडीको अर्कोतर्फ रहेको एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर हटाइएको छ। तर, राष्ट्रपति भण्डारीको तस्वीरमा ब्लर गर्नु कतिको सही हो, यो कसले गरेको हो भन्ने विषय खुलेको छैन। स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदकै कार्यालयका कर्मचारीले भण्डारीको तस्वीर ब्लर गरेका हुन्। नेपाल प्रहरीले कुनै पनि ‘केस’मा आरोपीको फोटो ‘ब्लर’ गर्छ।

Leave a Reply

Your email address will not be published.