बालुवाटार काण्डका अभियुक्त गच्छदार १० लाख धरौटीमा रिहा

काठमाडौँ ।  बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा हिनामिना काण्डका अभियुक्ति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई विशेष अदालतले १० लाख धरौटीमा रिहा गरेको छ । मुद्दा दायर भएको करिब डेढ वर्षपछि गच्छदार अदालतमा हाजिर भएका गच्छदारलाई एकै दिनमा बयान र थुनछेक बहस सकेर विशेष अदालतले घर पठाइदिएको हो ।

यस प्रकरणका सबैजसो अभियुक्त धरौटीमा रिहा भइसकेका छन् । गच्छदारले उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री छँदा व्यक्तिलाई फाइदा पुग्ने गरी बालुवाटारस्थित प्रधानमन्त्री निवासको सरकारी जग्गा सट्टापट्टासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले राज्यलाई ९ करोड ६५ लाख ७६ हजार रुपैयाँबराबर घाटा पुर्याएको आरोप छ ।

यस प्रकरणका मुख्य अभियुक्तमध्येका दीप बस्न्यात सर्वोच्च अदालतबाट ५ लाख रुपैयाँ धरौटीमा रिहा गरिसकेको छ । मुख्य विवादित फाइल बस्न्यातले नै तयार गराएका थिए । विशेष अदालतले उनलाई थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । गच्छदार उपप्रधानमन्त्री छँदा माधवकुमार नेपाल प्रधानमन्त्री थिए । नेपालविरुद्ध अख्तियारले मुद्दा चलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *