काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन औपचारिक रूपमै फिर्ता लिएको छ।
माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले बुधबार संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका छन्। काठमाडौं उपत्यकामा उपलब्ध माओवादीका स्थायी समिति सदस्यहरूको मंगलबार बसेको अनौपचारिक बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
पत्र बुझाएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मुख्य सचेतक गुरुङले स्थायी समितिले गरेको निर्णय अनुसार समर्थन फिर्ता लिएको पत्र बुझाएको बताए।
प्राविधिक रूपमा सरकारमा भए पनि माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारको निरन्तर विरोध गर्दै आएको थियो। समर्थन फिर्तासँगै सरकार अल्पमतमा परेको छ।