प्रचण्ड र विप्लवबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

विप्लव धर्मेन्द्र बास्तोलालाई प्रचण्डलाई भेट्न वुधवार प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

भेटवार्तामा ओली सरकारसँग गरेको ३ बुँदे सहमतिको कार्यान्वयनका बारेमा कुराकानी भएको बताइएको छ ।

जवाफमा प्रचण्डले सरकारले यसअघि गरेको सहमति नयाँ सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको पनि बास्तोलाले जानकारी दिएको बताइएको छ ।

याे पनि समाचार 

ओली सरकार ढलेको तेस्रो दिन कोटेश्वरमा कम्युनिस्टका शीर्ष नेताहरूको गोप्य भेला

एमालेको सरकार ढलेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको तेस्रो दिन कम्युनिस्ट पार्टीका तीन शीर्ष नेताहरूबीच संयुक्त रुपमा भेटवार्ता भएको छ ।

काठमाडौंको कोटेश्वरस्थित एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बिहीबार बिहान नेता नेपालका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाको पनि सहभागिता रहेको थियो ।

भेटवार्तामा बृहत कम्युनिस्ट मोर्चा बनाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ । तीन शीर्ष नेताहरूबीच नेपालमा विभाजित रहेका कम्युनिस्टलाई एकठाउँमा कसरी ल्याउन सकिन्छ भनेर छलफल भएको बुझिएको छ ।

यसअघि, एमालेका वरिष्ठ नेता नेपाल र ‘विप्लव’बीच भेटवार्ता भएको थियो । दुई शीर्ष नेताहरूको भेटपछि प्रचण्ड आएर बैठकमा मिसिएका थिए ।

एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेको तेस्रो दिन तीन कम्युनिस्ट नेताहरूबीच भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । तीन शीर्ष नेताहरूबीच भएको भेटवार्ताबाट एमालेका अध्यक्ष ओलीलाई तनाब भएको चर्चा छ ।

Leave a Reply

Your email address will not be published.