उपत्यकामा पुनः थपियो निषेधाज्ञा, के के खुल्छन् के के खुल्दैनन् (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ ।

थपिएको निषेधाज्ञा आगामी साउन १० गतेसम्म लागू हुने छ भने त्यसपछि अर्को निर्णय लिइने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निर्णय गरेका छन् । निषेधाज्ञा थप गर्दा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले पसल खोल्ने समय भने एक घण्टा बढाइएको छ ।

आज असार ३१ गतेसम्म सबैथरीका व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब भोलि (साउन १ गते)देखि बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने छ ।

तर, थपिएको निषेधाज्ञामा सभासम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने सञ्चालन गर्न अनुमति नदिइने भएको छ । त्यस्तै विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।

हेर्नुहोस् आदेश–

Leave a Reply

Your email address will not be published.