सत्तारुढ गठबन्धनको बैठकमा गएनन् माधव नेपाल

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित भएनन् ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गठबन्धनको बैठकमा नेपाल अनुपस्थित भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत उपस्थित छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न भूमिका खेलपछि आफ्नो पार्टीमा एकताको प्रक्रिया चलिरहेको भनेर गठबन्धनबाट बाहिरिएका नेपाल आज बैठकमा उपस्थित नभएका हुन् ।

बैठकमा गठबन्धनबीच मन्त्री बाँडफाडबारे छलफल भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.