सर्वोच्चले दियो विप्लवका नेता ओलीलाई थुनामुक्त गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले उनलाई थुना मुक्त गर्न आदेश दिएका हुन् ।

सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतले यसअघि हेमन्त प्रकाशको नाममा गरेको आदेश बदर हुने ठहर गरेको छ । प्रहरीले ०७५ चैत ९ उनलाई काभ्रेबाट पक्राउ गरेको थियो ।

उनलाई हातहतियार खरखजाना, विष्फोटक पदार्थ, राजद्रोह र संगठित अपराध मुद्दामा जिल्ला अदालत ललितपुरले ओलीलाई थुनामा राख्न आदेश जारी गरेको थियो । उच्च अदालत पाटनले जिल्लाको आदेश सदर गरेसँगै ओली लामो सयमदेखि नख्खु कारागारमा थिए ।

Leave a Reply

Your email address will not be published.