एमाले बैठक सकियाे यस्ता छन् निर्णय

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । स्थायी कमिटी बैठकले लोकतान्त्रिक र अश्वस्थ विधिबाट सरकार गठन भएको भन्दै समर्थन नगर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले कार्यदलले गरेको १०बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले कार्यदल समेत भंग गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published.