थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि, १७७५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ९ हजार ६१३ जनाको आरटी–पीसीआर गर्दा २००६ जना र ४ हजार ५६९ जनाको एन्टिजेन परीक्षण गर्दा ९३० जना गरी आज २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६४ हजार ५७६ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५०६ जना पुगेको छ । पछिल्लो केही दिनयता मृतकको संख्या पुनः दिनप्रतिदिन बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या ६ लाख २८ हजार २४३ जना पुगेको छ । यो कुल संक्रमितको ९४.५ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३४ लाख ५६ हजार १९९ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले २६ हजार ८२७ जना आइसोलेसन र ३२१ जना क्वारेन्टिनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *