सरकारी कर्मचारीको तलब २ हजारले बढ्यो, वृद्धभत्ता पनि ४ हजार पुग्यो !

काठमाडौँ ।  आजबाट नयाँ आर्थिक वर्ष २०७८/७९ शुरू भएकाे छ । याे सँगै सरकारी कर्मचारीकाे तलब दामासायी  २ हजारका दरले बढेकाे छ ।

निवर्तमान अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषणमा २०७८ साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरेको बताएका थिए ।

ओली सरकारले ल्याएको बजेट शुक्रबारबाट पूर्ण रुपमा लागू भएको छ। आजबाट सरकारी कर्मचारीले पाउँदै आएको तलब सुविधामा थप दुई हजार पाउनेछन्। निजामति बाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि तलब आजबाट रू. २ हजारले बढेको छ।

त्यस्तै आजबाट सामाजिक सुरक्षा भत्ता पनि बढेको छ। नयाँ बजेटमा सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बृद्धि गरी ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपियाँ पुर्याइएको थियाे । अब वृद्धवृद्धाले मासिक ४ हजार भत्ता पाउने छन्। यस अघि वृद्धवृद्धाले ३ हजार भत्ता पाउँदै आएका थिए।

कस्को कति तलब वृद्धि ?

बजेटमा २ हजार रुपैयाँका दरले वृद्धि साउन १ गतेदेखि मुख्यसचिवको तलब ६७ हजार १३६ पुगेको छ । हाल मुख्यसचिवको तलब ६५ हजार १३६ तोकिएको थियो ।

सचिवको तलब ६० हजार ६७६ बाट बढेर ६२ हजार ६७६ पुगेको छ । त्यस्तै, सहसचिवको ४७ हजार ३७७ बाट बढेर ४९ हजार ३७७, उपसचिवको ४० हजार ३८० बाट बढेर ४२ हजार ३८०, शाखा अधिकृतको ३५ हजार ९९० बाट बढेर ३७ हजार ९९०, नायब सुब्बा (अतिरिक्त तलबमान) को ३० हजार ८१६ बाट बढेर ३२ हजार ८१६ पुगेको छ ।

यसैगरी नायब सुब्बाको २८ हजार २०० बाट बढेर ३० हजार २००, खरिदार (अतिरिक्त तलबमान) २७ हजार ५६४ बाट बढेर २९ हजार ५६४ र खरिदारको २६ बाट ६०४ बढेर २८ हजार ६०४ पुगेको छ ।

सरकारले २ हजार तलब निजामतिबाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि बढाएको छ । २ वर्षदेखि तलब वृद्धि नगरेको सरकारले हाल तलबमा वृद्धि गरेको छ ।

यसैगरी कर्मचारीहरुलाई वर्षदिनमा घुमघामका लागि विदा दिने पनि सरकारले बजेटमा भनेको छ । अब वर्षेनी कर्मचारीले १० दिन भ्रमण बिदा पाउनेछन् ।

तलब वृद्धि गरेको सरकारले कर्मचारीको १ लाखको स्वास्थ्य बीमाको पनि व्यवस्था गरेको छ ।

कसको कति पुग्यो?

पद हाल शुरू तलब स्केल बढेको तलब अबको सुरू तलब स्केल
मुख्य सचिव ६५१४० २००० ६७१४०
रा.प विशिष्ट ६०६८० २००० ६२६८०
अ. सचिव (पेन्सन प्रयोजन) ५०६०० २००० ५२६००
रा.प प्रथम ४७३८० २००० ४९३८०
रा.प द्वितीय ४०३८० २००० ४२३८०
रा.प तृतीय ३५९९० २००० ३७९९०
रा.प.अनं. प्रथम अ.मा. पेन्सन प्रयोजन ३०८२० २००० ३२८२०
रा.प.अनं. प्रथम २८२०० २००० ३०२००
रा.प.अनं. द्वितीय अ.मा. पेन्सन प्रयोजन २७५७० २००० २९५७०
रा.प.अनं. द्वितीय २६६१० २००० २८६१०
रा.प.अनं. तृतीय २२०१० २००० २४०१०
रा.प.अनं. चतुर्थ २०६८० २००० २२६८०

Leave a Reply

Your email address will not be published. Required fields are marked *