समृद्धि र समानताका लागि उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ : अध्यक्ष थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले समृद्धि र समानताका लागि राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ भएको बताएका छन् ।

निरन्तरतासहितको परिवर्तन, बहुलवाद, उदार अर्थतन्त्र, समावेशीता, हिन्दु राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र सम्वर्द्धनवादको सार भएको उनको भनाइ छ ।

उनले आज शनिबार ट्वीट गर्दै अबको बाटो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ हुनुपर्नेमा जोड दिएका छन् । साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त नहुने पनि उनले बताएका छन् ।

‘साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त हुँदैन । अबको बाटो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ हुनुपर्छ,’ थापाले लेखेका छन्, ‘निरन्तरतासहितको परिवर्तन, बहुलवाद, उदार अर्थतन्त्र, समावेशीता, हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र सम्वर्द्धनवादको सार हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *