पाल्पाको डुम्रेमा पहिरोले ट्याक्टर र दुई वटा जेसीबी पुर्दा एक जनाको मृत्यु, एक घाईते

सुनिल कार्की
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका ६ डुम्रेमा पहिरोले ट्याक्टर र दुईवटा जेसिवि पुर्दा एक जनाको मृत्यु भएको छ । हिलोेमा फसेको ट्याक्टर निकाल्न गएका दुईवटा जेसीबि र ट्याक्टर पुरिएको बाटो माथिबाट खसेको पहिरोले पुरिएका थियो । डुम्रेको भित्रि सडक खण्डबाट होलिघाट तर्फ ढुङ्गगा लिएर जाने क्रममा हिलोबाटोमा ट्याक्टर फसेको थियो ।

हिलोमा फसेको लु ४ त ६६२९ नं को ट्याक्टर र उद्धारको लागि गएको लु १ क २४९६ नंम्बर र लु १ क २४९६ नंम्बरको जेसिवि बाटो माथिबाट खसेको पहिरोले एक साथ पुरिएका थिए । खसेको पहिरोले पुरिदा लु ४ त ६६२९ नंम्बरको जेसिबि चालक जिल्लाको रैनादेवि छहरा गाउँपालिका १ बस्ने वर्ष २० का सरोज बुढा,ट्याक्टरमा सहयोगी काम गर्ने बर्दियाको बासगढी नगरपालिका ४ घर भई डुम्रेमा बस्दै आएका वर्ष २७ का महेन्द्र भन्ने मुमलाल पुन घाइते भएका थिए ।

घाइते भएका दुई जना मध्ये ट्याक्टरमा सहयोगी काम गर्दै आएका महेन्द्रको लुम्बिेनि मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अर्का घाइते सरोज बुढाको अवस्था मध्यम रहेको मेडिकल कलेज प्रभासले जनाएको छ ।

घटना बारे थप अनुशन्धान गर्न प्रभास प्रहरी चौकिका प्रमुख भरत थापाको कमाण्डमा टोलि खटिई घटनाबारे अनुशन्धान भईरहेको भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवत्ता प्रहरी नायब उपरिक्षक रामेश्वर त्वातीले बताउनुभयो । वर्षायामको समयमा नयाँ खनिएका भित्री सडखण्डमा पहिरोको निकै जोखिम रहेको छ । ठुला मेसिनरी उपकरण र स्काभेटरको प्रयोगद्धारा खनिएका बाटोमा पहिरोको जोखिम बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *