भीम रावलको कमल थापाले गरे उच्च प्रशंसा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएको विषयमा टिप्पणी गर्दै रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको बताएका छन् । रावलले राजीनामा दिएलगत्तै सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्-“विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर @BhimRawal179 ले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ।विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा.रावलको अडान प्रशंसनीय रहेको छ।राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना ।”

याे पनि समाचार 

देउवालाई माधव नेपाल समूहका सांसदको विश्वासको मत आवश्यक नपर्ने !

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदको विश्वासको मत आवश्यक नपर्ने देखिएको छ ।

प्रधानमन्त्री देउवाले आइतबार पत्रमार्फत् मागेको विश्वासको मतका विषयमा पार्टीमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेसँगै नेपाल समूहका सांसदको विश्वासको मत आवश्यक नदेखिएको हो ।

ठाकुर समूहबाट १२ जनाले विश्वासको मत दिँदा प्रधानमन्त्री देउवालाई बुहमत पुग्छ । हाल कांग्रेससँग ६१, माओवादी केन्द्रसँग सभामुखसहित ४९, राष्ट्रिय जनमोर्चाको १, स्वतन्त्र सांसद १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३२ मत सुनिश्चित रहेको छ ।

यसमा जसपाको महन्थ पक्षका १२ सांसद पनि मिसिदा १४२ मत पुग्छ । विश्वासको मत पाउनलाई १३६ आवश्यक रहन्छ ।

यसअघि संसद् विघटन हुँदा नेपाल पक्षबाट २३ जनाले प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै हस्ताक्षर गरेका थिए । तर, आइतबारको विश्वास मत दिने विषयमा क–कस्ले दिने भन्ने विषयमा नेपाल समूहबाट यकिन विवरण आएको छैन ।

नेपाल समूहका नेता एवं सांसद भीम रावलले भने सांसद पदबाट राजीनामा दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *