देउवालाई विश्वासको मत नदिने भन्दै माधव नेपाल पक्षका १५ सांसद संसद भवनबाट बाहिरिए

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् ।

पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिने भएका छन् । बानेश्वरमै भएको छलफलले सबैले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले विश्वासको मत नदिने भएका छन् । कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढा, लगायत अन्य केहीले पनि विश्वासको मत नदिने भएका छन् ।

विश्वासको मत नदिने सांसदहरु तटस्थ बस्ने भएका छन् ।

याे पनि समाचार 

माओवादीलाई केही पनि होइन भनेर नहेप्न प्रचण्डको चेतावनी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केही पनि होइन भनेर नहेप्न चेतावनी दिनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आगोसँग खेल्ने काम त्यति राम्रो नहुने भन्दै माओवादीलाई हेप्न र अपमानित गर्न थालेमा आगो फेरि सल्किन सक्ने चेतावनी दिनुभएको हो ।

उहाँले भारतीय जासुसी संस्था रअ प्रमुख सामंत गोयल र तत्कालीन प्रधानमन्त्री ओलीबीच बालुवाटारमा मध्यराति भएको भेटपछि अहिलेको अवस्था आएको टिप्पणी गर्नुभयो । उहाँले एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै गोहीको आँशु नबगाउन सुझाव दिनुभयो ।

अदालतले संविधानको मर्म र भावनाअनुरूप प्रतिनिधि सभा पुनर्स्थापना गरेको उहाँको भनाइ छ । प्रचण्डले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु आश्चर्यजनक रहेको पनि बताउनुभयो ।

ओली पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा अनुपस्थित भएकोबारेमा पनि प्रश्न उठाउनुभएको छ । भिन्न मतलाई स्वीकार्न सक्ने आँट ओलीसँग नभएको पनि प्रचण्डले टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.