प्रत्यक्ष निर्वाचित यी १२ सांसदले छाडे नेपालको साथ

काठमाडौं । नेकपा एमालेको ‘बरिष्ठ नेता’ माधवकुमार नेपालले कल्पनै नगरेको धक्का खानुपरेको छ । आफ्नै समुहका नेताहरुलाई ढाँटेर शेरबहादुर देउवा जोगाउने अभियानमा लाग्दा नेपाल कहिल्यै उठन नसक्ने गरी बजारिनु परेको हो ।

माधव पक्षीय नेताहरुले देउवालाई मतदान नगर्ने अडान राखेपछि अन्ततः नेपाल एक्लो बन्नु भएको छ । नेपाल समुहका प्रभावशाली नेताहरुको निर्णयपछि उहाँका खास भनिने सांसदहरु पनि प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल चलिरहेका बेला नेपाल पक्षका सांसद बाहिरिएका हुन् । महन्थ ठाकुर र राजेन्द्र महतो समुहले समेत देउवालाई विश्वासको मत दिने भएपछि बैठकबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिनुभयो । सांसद यज्ञराज सुनुवारले पार्टी एकता कायम होस भनेर केही सांसद बाहिरिएको बताउनु भयो ।

जसपाको महन्थ समुहले विश्वासको दिएपछि देउवालाई बहुमतका लागि माधव समुहको आवश्यकता छैन । एमाले नेता सुरेन्द्र पाण्ड, धनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, डा. दिपकप्रकाश भट्ट, नारायण खतिवडा, झपट रावल, यज्ञराज सुनुवारसहित ११ जना सांसदले माधवलाई साथ नदिने घोषणासहित बाहिरिनु भएको हो ।

यसअघि नै उपाध्यक्ष भीम रावलले माधवमाथि गम्भीर अभियोग लगाउँदै सांसद पदबाटै राजीनामा दिनुभएको थियो । यो घटनासँगै माधव आफ्नै समुहमा जिरो बन्नुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *