देउवा सरकारले टालाटुली बटुली विश्वासको मत पायो: सूर्य थापा

काठमाडौँ । एमाले नेता तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल र झलनाथ खनालको समूहलाई ‘हरामी’ गुटको संज्ञा दिएका छन् ।

थापाले सामाजिक संजाल ट्वीटरमार्फत नेपाल खनाल समूहलाई त्यस्तो संज्ञा दिएका हुन् ।

थापाले देउवा सरकारलाई टालाटुली बटुली विश्वासको मत हासिल गरेको पनि बताउँदै उनले तटस्थ रहेका एमालेका १० सांसदलाई बिरामी भनेकाछन् ।

थापाले लेखेका छन्, ‘२०७८ साउन ३ को मध्यरात: श्री शेबदे नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल गर्यो । काङ्ग्रेस ६१, माके ४९, जसपा ३२, हरामी गुट २२ र राष्ट्रिय जनमोर्चा १. १६५ । विपक्षमा एमाले ८३, विरामी १०, फ्लोरक्रस, प्रलोभन र बिक्रीबट्टा त परमादेशबाटै मान्य छ, हेरौँ त तमासा ।’

याे पनि समाचार 

पार्टीका खलनायक राम्ररी चिनौँः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टीका खलनायक र विदूषकलाई सबैले चिन्नुपर्ने बताएका छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत दिएका माधव नेपाल पक्षलगायत केही सांसदहरु खलनायक र विदूषक भएको बताउँदै पोखरेलले उनीहरुलाई सबैले चिन्नुपर्ने बताएका हुन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनैतिक/अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ । कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदूषक बारे भ्रममा नपरौं । सबैले राम्ररी चिनौं ।’

आइतबार एमालेका ३३ जना सांसदहरुले पार्टीको निर्णयविरुद्ध कदम चालेका थिए । जसमध्ये अध्यक्ष केपी शर्मा ओली पक्षका केही समेत गरी २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

Leave a Reply

Your email address will not be published.