बालुवाटारमा पार्टीको बैठक नराख्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

काठमाडौँ। सत्तारूढ नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न सुझाव दिएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवालाई यस्तो सुझाव दिएका हुन् ।

थापाले भेटमै यस्तो सुझाव दिएको बताएका छन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौँ । उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनु भएको छ,’ थापाले लेखेका छन्, प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला ।’

याे पनि समाचार 

वामदेवको नेतृत्वमा नेपाल पक्षले सरकारमा सहभागी हुने तयारी

काठमाडौँ । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ ।

उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने भएको हो ।

एमालेभित्रको विवाद झन् जटिल बन्दै गरेको बेला उपाध्यक्ष भीम रावलले आइतबार नै अनैतिक खेलबाट दिक्क लागेको भन्दै सांसद पदबाट राजीनामा दिएका छन् ।

रावल एमसीसीको विरुद्धमा रहेका छन् । यो सरकारले एमसीसी पास गरेर देशलाई समस्यामा पार्ने कारण पनि राजीनामा दिएको बुझिएको छ ।

रावलले प्रधानमन्त्रीमा नियूक्त भएको पहिलो दिनमै गच्छद्धारले छुट्करा पाउनु हिजोको संदनमा देउवाले रेशम चौधरीको नाम लिनु तथा देउवाले भन्दै आएको आलमलाई छुटाउन खोज्नु यी सबै देखिएको भन्दै उनले राजीनामा दिएका हुन् ।

यता उपाध्यक्ष गौतमले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाउने गरी सरकारमा सहभागी हुने बुझिएको छ ।

यसअघि कार्यकर्तामा उपस्थित भएर अब आफूले अध्यक्ष केपी शर्मा ओलीको साथमा फर्किएको बताएका उनी नै सरकारमा सहभागी हुने बुझिएको छ ।

गौतमलाई पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कन्भिन्स गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published.