एमालेले साेध्याे नेपालसहित फ्लोर क्रस गर्ने २२ जनालाई २४ घण्टे स्पष्टिकरण

काठमाडौँ । नेकपा एमालेले पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावलाई अनुमोदन गरेको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सो सहमतिलाई अनुमोदन गरेको हो ।

त्यस्तै, पार्टीको निर्णय विपरित आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदहरुलाई अध्यक्ष केपी शर्मा ओलीले २४ घण्टे स्पष्टिकरण सोध्ने प्रस्ताव राखेका थिए ।

यद्यपि बैठक हलमा भने स्पष्टिकरणको आवश्यकता नरहेको र तत्कालै कारवाही गर्नुपर्ने माग उठेको छ ।

बैठकमा पार्टीको निर्णय विपरित अघि बढ्ने २२ सांसादरुहलाई आजै पार्टीबाटै निकाल्ने गरी कारवाही गर्नुपर्ने भन्दै हुटिङ भएको थियो ।

अध्यक्ष ओलीबाट २४ घण्टे स्पष्टिकरणको प्रस्ताव आए पनि तत्कालै कारवाही हुनुपर्ने माग चाँहि हलबाट आएको नेताहरुलो बताएका छन् ।

सर्वोच्च अदालतको फैसलाका कारण आइतबार विश्वासको मत दिएकै आधारमा सांसदहरुलाई कारवाही गर्न नसक्ने भएपनि पार्टीको विधानअनुसार पार्टीबाटै निकाल्ने वा अनुशासनको कारवाही गर्ने अधिकार रहेको एमालेले जनाएको छ ।

यी २२ जनालाई स्पष्टीकरण साेधियाे:

१. माधवकुमार नेपाल

२. विरोध खतिवडा

३. जीवनराम श्रेष्ठ

४. कल्याणी खड्का

५. मेटमणि चौधरी

 

६. भवानी खापुङ

७. मुकुन्द न्यौपाने

८. पार्वती विशुंखे

९. हिरा केसी

१०. कृष्णकुमार श्रेष्ठ किसान

 

११. गोपाल बम

१२. प्रेमबहादुर आले

१३. धनबहादुर बुढा

१४. विना बुढाथोकी

१५. सरला यादव

 

१६. पुष्पाकुमारी कर्ण

१७. लक्ष्मी चौधरी

१८. निरादेवी जैरु

१९. रामकुमारी झाँक्री

२०. कलिला खातुन

 

२१. सविना हुसेन

२२. कृष्णलाल महर्जन

Leave a Reply

Your email address will not be published.