कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै हुने

काठमाडौँ । अब कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै हुने भउको छ ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा भौतिक उपस्थितिमै गराउन तयारी सुरु गरेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन अनुमति दिएपछि भौतिक उपस्थितिमै परीक्षा गर्न लागिएको हो ।

अब मन्त्रिपरिषदले निर्णय गरेपछि परीक्षा भौतिक उपस्थितिमै सञ्चालन हुने बोर्डले जनाएको छ ।

बोर्डले परीक्षा सञ्चालन गर्न सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गरिरहेको छ ।

संक्रमणको दर कम भएसँगै भौतिक रुपमै परीक्षा सञ्चालन गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *