मिल्दै एमाले : माधव नेपालले राखेका २ बटम लाइन

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले पार्टीभित्रको विवाद मिल्नका लागि २०७७ फागुन २८ गतेपछिका सबै बैठक र त्यसले गरेका सबै निर्णयहरू फिर्ता लिनुपर्ने अडान लिएका छन् ।

पार्टीभित्रको विवाद निरुपणका लागि पहिलो र दोस्रो तहका नेताहरुबीच छलफल तथा वार्ताहरु तीव्र बन्दै गएको बेलामा नेता नेपालले भने आफ्नो पुरानो अडान पुनः दोहोर्याएका छन् । केही बेरअघि सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफूहरुको एजेण्डामा कुनै तलमाथि नभएको र कसैसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन् ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन,’ नेता नेपालले लेखेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो ।’

त्यसकारण नेता कार्यकर्ताहरु कुनै भ्रममा नपर्न र सुदृढ र सशक्त पार्टी बनाउने महानअभियानमा लागिरहन आह्वान गर्दै उनले लेखेका छन्, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *