सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकै दिन ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वुधबार सुन प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ७०० रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

उता चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.