Fair Explained: के हो चीनमा देखिएकाे प्राणघातक Monkey B Virus (BV) मंकी बी भाइरस ?

एजेन्सी । चीनमा बाँदरमा पाइने भाइरसको संक्रमणबाट पहिलो पटक मानिसको मृत्यु भएको छ । ग्लोवल टाइम्सको एक रिपोर्ट अनुसार बेइजिंगमा एक पशुचिकित्सकको मंकी बी भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । मार्च मा २ ओटा मृत बाँदरको पोस्टमार्टम गरेपछि बान्ता हुने, ज्वरो आउने तथा नशा सम्बन्धि समस्या देखिएपछि अस्पताल भर्ना भएका ५३ वर्षीय पशुचिकित्सकको २७ मे मा उपचारका क्रममा ज्यान गएको थियो । उनी गैर मानव प्राइमेट्समाथि अनुसन्धान गर्ने संस्थाका लागि काम गर्दै आएका थिए ।

पशुचिकित्सकको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि विशेषज्ञहरुले उनको मस्तिष्कको फ्ल्युड जाँच गरेका थिए । जसबाट उनी मंकी बी भाइरसबाट संक्रमित भएको पत्ता लागेको थियो ।

के हो (Monkey B Virus) मंकी बी भाइरस ?

मंकी बी भाइरस बाँदरमा पाइने एक भाइरस हो । यो पहिलो पटक सन् १९३२ मा पत्ता लागेको थियो । मंकी बी भाइरसको संक्रम निकै घातक रहेको बताइएको छ । मंकी बी भाइरसमा पनि कोरोना भाइरसमा जस्तै विभिन्न रोगहरु फैलाउन सक्ने गुण हुन्छ । यसको संक्रमण भए बिभिन्न गम्भीर प्रकृतिका रोगका लक्षणहरु देखिन सक्छन् ।

संक्रमण कसरी फैलिन्छ ?

यो भाइरस सिधा सम्पर्कमा आउने वा शारीरिक तवरले प्रत्यक्ष सम्पर्कमा आउँदा फैलन सक्छ । मकाक जातको बाँदरमा आम रुपमा पाइने यो भाइरस बाँदरको मलमुत्र, र्‍याल वा स्पाइनल कर्ड टिस्युहरुमा पाइन सक्छ । ल्यावमा संक्रमित बाँदरबाट आउने कोशिकाहरुमा पनि यो भाइरस पाइन सक्छ । यो भाइरस सतहमा घण्टौसम्म जिबित रहन सक्छ । खासगरी चिसो भएको अवस्थामा । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेंशनको रिपोर्ट अनुसार यस भाइरसबाट संक्रमितको मृत्यु दर ७० देखि ८० प्रतिशतसम्म रहेको छ ।

मानिसमा कसरी सर्न सक्छ ?

संक्रमित बाँदरले टोक्यो, चिथोर्‍यो भने यो भाइरस मानिसमा सर्न सक्छ । यसका साथै बाँदरको र्‍याल दिशा पिसाव वा तिनमा चोटपटक लागेको अस्थामा रगत वा अन्य कुनै चिज मानिसको आँखा नाम मुख वा कतै घाउ लागेको ठाउँमा छोइएको खण्डमा यो भाइर मानिसमा सर्न सक्छ । Macaques बुढा बाँदरमा यो भाइर बढी हुन्छ ।

पशुपति क्षेत्र स्वयम्भू थापाथलीका बाँदरमा यो भाइरस होला ?

रिपोर्ट अनुसार सामान्यतया Macaque monkeys बाँदरमा यो भाइरस पाइन्छ । यो जातका बाँदर स्वयम्भू, पशुपति क्षेत्रमा पनि पाइन्छ । त्यसैले यस्तो भाइरस यहाँका बाँदरमा पनि पाइने सम्भावना छ । (नोट: यसलाई हामी पुष्टि गर्न सक्दैनौ) हालै चीनमा मात्र यसको परीक्षण भएको छ । नेपालमा अहिले नै यस सम्बन्धि कुनै अध्ययन भएको छैन । तर, तर उल्लेखित प्रजातिका बाँदर त्यहाँ पनि पाइने भएको हुनाले सुरक्षित रहनु नै बुद्धिमानि हुन्छ ।

संक्रमणका लक्षण

सीडीसीका अनुसार यो भाइरसबाट संक्रमित भएको ३ देखि ७ दिनमा यसका लक्षणहरु देखिन थाल्छन् । शुरुमा यसको संक्रमबाट सामान्य फ्लूका लक्षणहरु देखिन्छ । ज्वरो आउने, मांसपेसी दुख्ने, टाउको दुख्ने, बान्ता हुने लगायतका लक्षणहरु देखिन्छ । स्वास फेर्न गाह्रो हुने पेट दुख्ने लगायतका लक्षण पनि कसैकसैमा देखिन सक्छ ।

संक्रमण बढ्दै जाँदा मस्तिष्क तथा मेरुदण्डको सुजन, नशा सुन्निने दुख्ने घाउ भएको ठाउँमा अत्यधिक चिलाउने मांसपेसी सुनिने र अन्तमा मस्तिष्कघात, स्नायु प्रणालीमा गम्भीर क्षति भइ बिरामीको मृत्यु हुनसक्छ ।

बी भाइरसको खोप छ त ?

अहिलेसम्म बी भाइरसबिरुद्धको खोप बनेको छैन । त्यसैले  बाँदरसँग रमाइलाेकाे नाममा चल्ने जिस्किने गर्नुभएकाे छ भने त्याे नगर्नु नै राम्राे हुन्छ । पशुपति स्वयम्भू लगायतका ठाउँमा बाँदरलाइ चाराे खान दिनेक्रममा यसरी बाँदरका प्रत्यक्ष सम्पर्कमा रहँदा भाइरस सर्ने सम्भावना रहन्छ ।

जोखिममा को छ ?

बाँदरसँग सम्बन्धित ल्याव कर्मी, भेटनरियन, तथा बाँदरसँग बढी सम्पर्कमा आउने व्यक्तिहरु यस भाइरसबाट संक्रमित हुनसक्ने खतरामा छन् । बाँदरमा दिशा पिसाव र्‍यालमा पनि यसका भाइरस पाइने भएकाले बाँदरहरु हुने ठाउँमा अरु मानिसहरु पनि संक्रमित हुन सक्छन् ।

मानिसबाट मानिसमा सर्छ ?

यस भाइरसबाट अहिलेसम्म एक जनाको मात्र मृत्यु भएको छ । त्यसैले एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको तथ्य फेला परेको छैन ।

 

Leave a Reply

Your email address will not be published.