काठमाडौँ । प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् ।
काँग्रेसका नेता सिंहले आजै पदबाट राजीनामा दिएका हुन् ।
उनले पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको बताउँदै राजीनामा दिन लागेको बताए ।
त्यस्तै पार्टीको क्रियाशिल सदस्यता, समायोजनलगायतमा पार्टीभित्र चलखेल भएको भन्दै आफ्नो गम्भीर आपत्ति रहेको उनले बताए ।
आफूले बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर सांसद पदबाट राजीनामा दिएको उनकाे भनाइ छ । सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उनले काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएका हुन् ।