महन्थ ठाकुरले उपेन्द्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट हाले

काठमाडौँ । जसपाका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा निर्वाचन आयोग र उपेन्द्र यादवविरुद्ध रिट दायर गरेका छन् ।

ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले शुक्रबार दायर गरेको रिट निवेदनमा निर्वाचन आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाइएको छ ।

निर्वाचन आयोगले पार्टीको कार्यकारिणी पदाधिकारीहरुको गन्ती गरेर मात्रै विवाद समाधान गर्ने बताएको थियो । त्यसका विरुद्ध ठाकुर पक्षले आयोग र यादवलाई विपक्षी बनाएर रिट निवदेन पेश गरेका छन् ।

ठाकुर पक्षले पेश गरेको रिटमा भनिएको छ, ‘निर्वाचन आयोगको मिति २०७८/४/७ गतेको आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोमिज जनता समाजवादी पार्टी, नेपालको तर्फबाट मिति २०७३/३/१ गते पेश भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी हेरफेरबाट कायम भएको केन्द्रीय कार्यकारिणी समितिको आधारमा विवाद निरुपण प्रक्रिया अगाडी बढाउनु भनी विपक्षीका नाममा परमादेशको आदेश लगायत जुनसुकै उपयुक्त आदेश जारी गरि पाउँ ।

साथै विपक्षी निर्वाचन आयोगको उक्त मिति २०७८/४/७ गतेको निर्णय आदेह उत्प्रेषणको आदेशले बदर गरी विपक्षी उपेन्द्र यादवको एकल हस्ताक्षर रहेको मिति २०७८/३/४ को दाबी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४(१) को प्रतिकुल रहेकाले सो गैरकानुनी दाबीको आधारमा कुनै निर्णय काम कारवाही नगराउनु भनी विपक्षी उपर प्रतिषेधको आदेश समेत जारी गरी पाउँ ।’

Leave a Reply

Your email address will not be published.