रोजगारीका लागि मलेशिया पुगेका नेपालीका २४ वटा शव र तीन वटा अस्तु ल्याईयो

काठमाडौं । वाइडबडी जहाजमार्फत मलेसियाबाट २४ शव नेपाल ल्याइयो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ ।

निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

यसैबीच सरकारले चीनबाट खरिद गरिएको कोभिडविरुद्धको भेरोसेल खोप लिन निगको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ । निगमले पछिल्लो पटक तीन उडानमार्फत चीनबाट खोप नेपाल ल्याएको छ । गत असार २५ गते पहिलो उडानमार्फत आठ लाख मात्र खोप नेपाल ल्याइएको थियो । त्यस्तै साउन १ गते थप मात्राको खोप ल्याइएको थियो ।

याे पनि समाचार 

देउवा सरकारले पनि गर्‍यो झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले नेता खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो । उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्रले दिल्‍लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गर्ने मन्त्रिपरिषद्‌ बैठकको निर्णयमा उल्‍लेख छ ।

उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्रले दिल्‍लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गरिने मन्त्रीपरिषदको निर्णयमा उल्लेख छ ।

नेता खनालको उपचार खर्च व्यहोर्नेगरी केपी ओली नेतृत्वको निवर्तमान सरकारले पनि सोही प्रकृतिको निर्णय गरेको थियो । तर, तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सो निर्णयको विरोध गरेको थियो ।

यद्यपि, अहिले सो पार्टी सत्तामा पुगेको छ र सत्ता स्वार्थ र गठबन्धन बचाउनका लागि सोही प्रकृतिको निर्णय दोहोर्याएको छ । यसले आफूअनुकुल हुँदा ठिक र प्रतिकुल हुँदा बेठिक बन्ने दलहरूको परम्परालाई पुनर्पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published.