नेपालमा कोरोना संक्रमणदर दिनदिनै बढ्दो, थपिए ३१ सय १४ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी थप २ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

याे पनि समाचार 

काठमाडौँ उपत्यकामा थप ६१५ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा थप ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ६२५ र एन्टिजेन विधिबाट ४ हजार २८५ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ११४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ७ लाख ३३ हजार २६० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १९७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ४१ हजार ५६५ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ७५७ जना रहेको छ ।

हालसम्म १३ लाख ६६ हजार ४६ जनाले पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६९५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.