जंगली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु

इलाम। इलाम जिल्लाको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुवै जनालाई उपचारका लागि विराटनगरमा रहेको नोबेल अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा दुवै जनाको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

याे पनि समाचार 

पाल्पामा अचानक ढलेका आलेको उपचारका क्रममा मृत्यु

तानेसन । पाल्पा जिल्लामा बेहोस भएर ४८ वर्षीय जितबहादुर आलेको मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका–३ झिरबासका आले आफ्नै घरबाट भैँसी किन्न गएका थिए । भैँसी ल्याइ घर फर्कने क्रममा अमिलेस्थित दोबाटोमा अचानक चक्कर लागेर बेहोस भएका थिए ।

उनलाई श्रीमती र छोराले उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याएका थिए । उनको उपचारका क्रममा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख (एसपी) सन्तोष भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.