कोरोनाबाट एकैदिन थप १ सय ३९ संक्रमितको मृत्यु

काठमाडाैं । कोरोनाभाइरसको संक्रमणबाट देशभर थप एक सय ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा र त्यसअघि ज्यान गुमाएका गरी मृत्यु हुनेको संख्या एक सय ३९ पुगेको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या तीन हजार आठ सय ५९ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित पुष्टि भएका छन्। आज १८ हजार चार सय ११ जनाको स्वाब परीक्षण गर्दा नौ हजार दुई सय ७१ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै सक्रिय संक्रमितको संख्या पनि ९३ हजार एक सय ४१ पुगेको छ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या चार लाख नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, कुल संक्रमितको संख्या चार लाख सात हजार तीन सय ९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा चार हजार सात जना निको भएका छन्। अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या तीन लाख ६ हजार सात सय ९४ पुगेको छ।

Leave a Reply

Your email address will not be published.