राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबूक मार्फत मुख्य प्रशिक्षक अब्दुल्लाहले राजीनामा दिने घोषणा गरेका हुन्। उनले अखिल नेपाल फूटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको जनाएका छन्।

प्रशिक्षक अब्दुल्लाहले भनेका छन्, “डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदै छु। र, मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले  मेरा बारे नाटक गरेका छन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *