सर्वोच्चद्वारा वायुसेवा निगमको निजीकरण प्रक्रिया रोक्न अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले वायुसेवा निगमको निजीकरणको कार्य अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निगमको निजीकरणको कामलाई यथावस्थामा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

आदेशमा उल्लेख छ, ‘दुवै पक्षको छलफलबाट अन्तरिम आदेश सम्बन्धमा निर्णय हुन अघि नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी सम्पूर्ण कार्य जे जस्तो अवस्थामा छ सोही अवस्थामा यथास्थितिमा राख्नु, निजीकरणका सम्बन्धमा कुनै निर्णय नगर्नु नगराउनु भनी प्रत्यार्थीहरुका नाममा अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिएको छ ।’

अधिवक्ता आतिस कार्कीले निगमको निजीकरणको प्रक्रियाविरुद्ध रिट निवेदन दायर गरेका थिए ।

याे पनि समाचार

नेपाल एयरलाइन्स यति ग्रुपलाई दाइजो कि ‘अन्डरवल्र्ड डन दाउद’लाई ?

Leave a Reply

Your email address will not be published.