काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९२ हजार रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा काराेबार भएकाेमा आज १ सयले बढेकाे हाे ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रूपैयाँ रहेको छ ।
यस्तै आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।