माधव नेपालको विधि र कांग्रेसको अभिव्यक्ति स्वतन्त्रतालाई गिज्याउने बैठक

काठमाडौं । प्रतिनिधि सभा राज्य व्यवस्था समितिको बैठकमा आइतबार संसदीय व्यवस्था, लोकतन्त्र र वाक स्वतन्त्रतालाई जिग्याउने घटना भयो ।

समितिको बैठकमा आफ्नो कुरा राख्न लागेका सांसद्लाई उहाँको कुरा राख्न दिइएन । उहाँको कुरा बीचमा काट्दै विधि, प्रक्रिया, लोकतन्त्र, वाक स्वतन्त्रताको रटान दिने पूर्वप्रधानमन्त्रीदेखि आफूलाई सबैभन्दा लोकतान्त्रिक पार्टी भन्ने दलका सांसद् एक मुख भएर खनिए ।

ती नेता र सांसद्ले उहाँको अभिव्यक्तिको प्रतिवाद मात्र गर्नुभएन उहाँलाई राजीनामा दिएर बैठक स्थलबाट बाहिरिन बारम्बार धम्की दिनुभयो । एमालेका सांसद् नारदमुनी रानाले बोल्न लाग्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस, माओवादी र नेपाल समूहका सांसद् मिलेर उहाँलाई सांसद् पदबाटै राजीनामा दिएर बैठक स्थलबाट बाहिरिन धम्की दिनुभएको थियो ।

माधव नेपाल लगायतले अपमान गर्दै सांसद् पदबाट राजीनामा दिएर बैठकबाट निस्कन भनेपछि सांसद् नारदमुनी रानाले सो बैठकको अडियो भिडियो माग गर्नुभएको छ ।

आइतबार बसेको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका सांसद् रानाले अहिलेको प्रतिनिधि सभा जनादेशबाट नभइ परमादेशबाट स्थापाना भएको अभिव्यक्ति दिएपछि पूर्वप्रधानमन्त्री समेत रहनुभएका माधवकुमार नेपालले उहाँलाई प्रतिगमनको मतियार भएको भन्दै चोर औँला ठड्याएर बैठकमा बस्ने अधिकार नभएको भन्दै सांसद् पदबाट राजीनामा दिएर बाहिर जान आदेश दिनुभएको थियो ।

नेपालले बोलेपछि कांग्रेस, माओवादी र नेपाल पक्षका सांसद् पनि रानाको बिरुद्ध एक मुख भएर खनिनु भएको थियो । सबै सांसद्ले उहाँलाई बैठकमा बोल्ने अधिकार नभएको भन्दै राजीनामा दिएर जान भनेर अपमान गरेका थिए । बैठकमा माधव नेपाल लगायतका अन्य सांसद् समेत रानाको जस्तै समान हैसियतमा समितिको सदस्यको रुपमा सहभागी हुनुभएको थियो ।

घटनापछि उहाँले संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरी बैठकको रेकर्डिङ आवश्यक परेकोले उपलब्ध गराइदिन अनुरोध गर्नुभएको छ ।

संसद् र त्यसको विषयगत समितिमा सांसद्हरुले आफ्ना कुरा स्तन्त्रतापूर्वक राख्न पाउने अधिकार छ । तर सांसद् रानाले बोल्न लाग्दा विधिको कुरा गर्ने माधव नेपाल र अभिव्यक्ति स्वतन्त्रताको कुरा गरेर कहिल्यै नथाक्ने कांग्रेसका सांसद् समेत रानाको विरुद्ध एक मुख भएर खनिनु भएको थियो ।

कम्युनिष्टले जित्यो भने हाँस्न त के बोल्न पनि दिँदैन भन्ने अभिव्यक्ति दिनुहुने कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उहाँलाई प्रधानमन्त्री बनाउने गठबन्धनका नाइके माधव नेपाल, देउवाकै पार्टीका सांसदले एउटा सांसदलाई समितिको बैठकमा बोल्न समेत नदिएर राजीनामा दिएर जान भन्दै अपमानित गरेको घटनाले उहाँहरुको निरंकुश चरित्र देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *