घट्याे आज सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रूपैयाँमा काराेबार भएकाेमा आज ३ सयले घटेकाे हाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रूपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.