कामु प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई

काठमाडौँ । सरकारले प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको बैठकले नेपाली सेनाका बलाधिकृत रथी शर्मालाई साउन २५ देखि लागु हुने गरी कामु प्रधानसेनापतिको तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

अवकाश हुन एक महिनाअघि विदामा बस्ने प्रचलनअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २५ देखि बिदामा बस्दैछन् ।

त्यसैले, साउन २५ गतेदेखि शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

याे पनि समाचार 

सरकारद्वारा लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङलाई प्रदेश प्रमुखमा नियुक्त

सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले शेरचनलाई लुम्बिनीको र गुरुङलाई गण्डकीको प्रदेश प्रमुख नियक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

बैठकले गण्डकीकी प्रमुख सीताकुमारी पौडेललाई हटाएर गुरुङलाई ल्याएको हो भने लुम्बिनीमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई पठाइने भएको छ ।

संविधानको धारा १६३ को उपधारा ४ अनुसार एकै प्रदेशमा एउटै व्यक्ति दुई पटक प्रदेश प्रमुख बन्न नपाउने व्यवस्थाले गर्दा शेरचनलाई लुम्बिनी पठाइएको हो ।

त्यस्तै, अन्य प्रदेश प्रमुखहरुलाई पनि हटाउने भनिएकोमा मंगलबारे क्याविनेटले यसबारे निर्णय गरेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *