विजय शाही जसले आफूले नै फैलाए आफू मरेकाे हल्ला

काठमाडाैं । आफूमा अद्भूत क्षमता भएको दाबीसहित युट्युब तथा सामाजिक सञ्जालमा चर्चामा आएका विजयी शाही आफैँले मृ*त्युको झुटो खबर सामाजिक सञ्जालमा फैलाएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टंकबहादुर शाहीले विजयको मृत्युको हल्ला झुटो भएको बताएका हुन् । प्रहरीका अनुसार शाही कालिकोट महाबु गाउँपालिका वडा नं. ५ स्थित घरमा भेटिएका छन् ।

उनले पछिल्लो समय निकै तनाव भएका कारण आफूले मरेको हल्ला फिजाएको स्विकार गरेकाे प्रहरीले जनाएकाे छ ।

उनकाे मृत्यु भएकाे भनी सामाजिक सञ्जालमा हल्ला चलिरहेकाे छ । उनलाई श्रद्धाञ्जली दिनेहरु पनि धेरै देखिएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक फोटोमा मृत्यु भएको भ्रम फैलाउन जिउँदो विजयको नाकमा रुइ काेचिएको देखिएको छ । फोटोमा भने अनुहार हँसिलाे जस्तो देखिन्छ ।

उक्त फाेटाेमा सेतो कपडा समेत ओढाइएको देखिन्छ ।

आफूलाई चर्चामा ल्याउन शाहीले आफूलाई ‘मेमोरी किङ’ भएको दाबी गर्ने गरेका थिए । तर उनी झुठो भएको सार्वजनिक भएपछि कालिकाेट गएका थिए ।

यस्ताे छ सामाजिक सञ्जालमा उनकाे भाइरल भएकाे तस्बिर :

 

Leave a Reply

Your email address will not be published.